माध्यमिक शिक्षा परीक्षाको एसइइ नतिजा प्रकाशन गर्नेको लागि कार्यविधि जारी

फिल्को मिसन

बुधबार ,१० असार २०७७
काठमाडौें । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।
कोरोना महामारीकै कारणले स्थगित गरीएको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले कार्यविधि बनाएकोे हो।

विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा विद्यार्थीको अन्तिम मूल्याङ्कनक साथै समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।
पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ। मन्त्रिपरिषद्को गत जेठ २८ को वैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो।
गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए। कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ। कार्यविधिमा समय तालिका भने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस