सिमकोट गाउँपालिको आ.वा २०७७ /०७८ को बजेट करिब ४० करोड बजेट प्रस्तुत

फिल्को मिसन

१० असार २०७७ बुधबार
हुम्लाको सिमकोट गाउँपालिका आर्थिक बर्ष २०७७ /०७८ का लागि जम्मा ४० करोड ६९ लाख ४९ हजार ८ सय बजेट सार्वजनिक गरेको छ । सिमकोट गाउँपालिकाले आर्थिक विकासतर्फ १४ करोड ३७ लाख १५ हजार, सामाजिक विकासतर्फ ५ करोड १० लाख ३६ हजार, पूर्वाधार विकासतर्फ १७ करोड ४५ लाख ८९ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ८६ लाख १३ हजार र सुशासन तथा संगठनतर्फ ८९ लाख ९६ हजार विनियोजन गरिएको सिमकोट गापाका सूचना तथा संचार प्रविधि अधिकृत छिरिङ युङडुङ लामाले बताउनु भयो ।
नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि आर्थिक बर्ष २०७७ /०७८ सालको बजेट सार्वनिक गरीएको उपाध्यक्ष वली रावत बताए ।
गाउँ सभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ । विशेष गरेर बजेटमा कृषि, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आएको छ ।सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, उपध्याक्ष वली रावत र नि.कार्यकारीअधिकृत उजीर रोकायाम लगायतका कार्यसमिति पदधिकारी सहभागिता रहेको छ । आर्थिक बर्ष २०७७ र ७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्य

प्रतिक्रिया दिनुहोस