खार्पुनाथ गाउँपालिको आ.वा २०७७ /०७८ को बजेट करिब ३५ करोड बजेट प्रस्तुत

फिल्को मिसन

१० असार २०७७ बुधबार हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिका आर्थिक बर्ष २०७७ /०७८ का लागि जम्मा ३५ करोड ३८लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । खार्पुनाथ गाउँपालिकाले आर्थिक ,सामाजिक , पूर्वाधार ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ र सुशासन तथा संगठनतर्फ विनियोजन गरिएको खार्पुनाथ गाउँपालिका लेखा अधिकुत बिशाल बोहराले जानकारी दिनु भयो ।गापाले चालु खर्च १ करोड ४४ लाखा ९२हजार र पुजीगत खर्च १६ करोड ९३ लाख ८८ हजार रकम विनियोजित गरेको गाउँपालिका उपाधयक्ष रुपा शाही लाई उद्धित गर्दै लेखा अधिकुत बोहराले बताए । नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि आर्थिक बर्ष २०७७ /०७८ सालको बजेट सार्वजनिक गरीएको छ ।
गाउँ सभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस