हुम्लाको ताँजकोट गाउँपालिमा निशुल्क हाडजोर्नी सम्बन्धी शिबिर शुरु हुदै

फिल्को मिसन

१२असार २०७७, हुम्ला
हुम्लाको ताँजकोट गाँउपालिका ३ वडा छप्ररेला गाउँमा निशुल्क हाड जोर्नी तथा नशा सम्बन्धी शिबिर संचालन भएको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा डा. गोविन्द केसी पैदल हिँडेर भए पनि हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट स्वास्थ्य चौकीमा बिरामीको उपचारमा खटिएका छन्।
शुक्रबारदेखि डा. केसीले दुई दिनसम्मका लागि हुम्लाको ताँजाकोट र अदानचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
नेपालका बरिष्ट हाड जोर्नी बिशेषज्ञहरु डा केसीहले जोर्नी तथा नशा सम्बन्धीका बिरामीहरु लाई निशुल्क शल्याक्रिया तथा ओपीडी सेवा दिने उद्देश्य हुम्लमा पुगेका छन ,
शिबिरमा खुट्टा फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका हात या खुट्टाका बृकिती जन्य समस्या भएका हात खुट्टा भाचिएका हड्डी बागो जोडिएका आगोले पोलेका लगायतका समस्या भएका बिरामीहरुको उचार गरिने पत्रकार दाने बोहराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस