सिमकोटमा कर्णाली सरोवर दैनिक पत्रिकाको विमोचन

फिल्को मिसन

१३गते असार २०७७,

हुम्ला । हुम्लाको सिमकोट स्थित जिल्ला समन्वय समितीको सभाहलमा शनिबारमा आयोजित एक कार्याक्रमका बिच कर्णाली सरोवर दैनिक पत्रिका विमोचन गरिएको छ ।
सिमकोट गाउँपालिकाका यूवाहरु द्धारा संचालित रोकिएको पत्रिका पुन प्रकाशित गरेका छन । बिमोचन कार्यक्रमको उद्दघाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितीका प्रमुख दानबहादर रावत,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल र साहयक प्रमुख जिल्ला अधिकारी दतराज हमालले संयुक्तरुपामा दैनिक पत्रिका र अनलाईन ई –पेपर विमोचन गरेका छन ।

असार अन्तिम सम्म आईपुग्दा काम गर्ने सातदिन मात्र बाँकी छ,तर प्रदेश सरकारको वितरण मुखी भएकोले जुनसुकै कार्यक्रम डुब्लीकेसन गरेकोले स्थानीयतह र प्रदेश सरकार दुबै डाँका भएको विमोजन कायक्रमा बोल्दै पत्रकारहरु लाई सत्यतथ्य पत्ता लगाई सुचान बाहिर ल्याउनु पर्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावले आफनो बताए ।

हुम्ला जिल्ला समन्वय समितीका प्रमख दान बहादुर रावतले सबेैले इमान्दिरीता भयो भने समाजसफल हुने बताउनु भयो । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी दतराज हमाले मुलुक समृद्धिका लागि सञ्चार जगतको भूमिका निकै महत्वपूर्ण रहँदै आएको जानकारी दिर्दै पत्रिकाको सफलताको शुभकामना ब्यक्त गरे ।
पारदर्शी, शुसानमैत्री भ्रष्टाचार मुक्त समाज निमार्णका लागि सञ्चार क्षेत्र पहिलो आधार भएको बताउँदै सञ्चार क्षेत्रले आफ्नो विश्वनीयतालाई कामय गर्दै गर्नु पर्ने नेकपा केन्द्रि सदस्य विज भण्डारी सुझाव दिए ।
समाजवादी पार्टी नेपालको केन्द्रि सदस्य तथा भुतर्पुव जिल्ला सभापती विरजन शार्ही विनास तथा अनियमिततालाई न्यूनीकरण गर्दै रुपान्तरित समाज र समृद्ध राष्ट्र निमार्णका लागि सञ्चार जगत शसक्त हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न दलका नेताहरु र वुद्धिजीवीहरु र पत्रकार लगायतका बोल्ने बक्ताहरुले समाज परिवर्तनका लागि यस पत्रिकाले महत्पूर्ण भूमिका निर्वाह गरोस् भन्ने शुभकामना ब्यक्त गरेका थिए ।
पत्रिका लाई निरतन्ता दिनको लागि सबैको राय सुझाब चाहिने भएकोले कर्णाली सरोवर दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक बर्ख बोहराले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस