सेवाग्राही लाई ज्वरोमापन गर्दे रा.वा.बैंक हुम्ला

फिल्को मिसन

१५ असार २०७७ सोमबार
हुम्ला । राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले कोराना भाइरसबाट सर्तकता अपाउनका लागि सेवाग्राही लाई ज्वरोमापन गर्दै आएको छ ।
गएको बैशाख १५बाट असार १४ सम्म दैनिक १५० देखि ३०० सम्म विभिन्न प्रकारका कारोवार गर्न आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्ने, सेनिटाइजर प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, महिला र पुरुषको फरक फरक लाइनमा बस्नु पर्ने र थर्मगनबाट ज्वरोमापन गरेर मात्र सेवा दिने गरेको रावा बैंक सिमकोट शाखाका प्रबन्धक सविता शाहीले बताइन । फोटो कर्ण रोकाया बाट लिएको
कोरोनाबाट सुरक्षित रहनको लागि विभिन्न प्रकारका सुरक्षात्मक विधीअपनाएको रावा बैंक सिमकोट शाखाका प्रबन्धक शाहीले बताए ।
बताइन ।

प्रतिक्रिया दिनुहोस