कोरोना अपडेटः कोरानाबाट निधन २९ जना , संक्रमणमुक्त ३१३४

फिल्को मिसन

१५ असार २०७७ सोमबार
काठमाडौं । नेपालमा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्ये १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन्।यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १२१ जना संक्रमित डिसचार्ज भएका छन्।

तीमध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ। तीमध्य २६६ जना महिला र २ हजार ८ सय ६६ महिला रहेका छन्।

यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २९ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोर्खामा ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्युठानका ९, रौतहटका १८, रोल्पाका १, रुपन्देहीका ३, स्याङजाका ८, तनहुँका ९, धादिङका २ जना रहेका छन्।

यस्तै काठमाडौँका ६, अर्घाखाँचीका ११, चितवनका ४, कैलालीका १,पाल्पाका १३, बाराका ३, मकवानपुरका १, काभ्रेका १, ललितपुरका १, बाजुराका ९८, कपिलवस्तुका २, रुपन्देहीका २, डोल्पाका २, कालिकोटका २, दाङका ५८, रुकुमका १, कैलालीका २९ र डोटीका ६९ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्य १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन्।यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १२१ जना संक्रमित डिसचार्ज भएका छन्।

तीमध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ। तीमध्य २६६ जना महिला र २ हजार ८ सय ६६ महिला रहेका छन्।

प्रतिक्रिया दिनुहोस