रिहाइपछि अदालतबाट निस्किएका विप्लवका दाजु गेटबाटै पक्राउ

फिल्को मिसन

१५ असार २०७७ सोमबार
दाङ । विप्लव नेतृत्वको नेकपा मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट १५ हजार धरौटीमा सहित हिरासतमुक्त भएका चन्दलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय दाङले बताएको छ ।

राप्ती व्यूरोस्तरीय बैठक बसीरहेको बेला दाङको राजपुर गाउँपालिका–४ मंग्रैठा जंगलबाट ०७६ असोज ३० गते चन्दसहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
चन्दका परिवारजनले सोमबार जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएपछि जिल्ला अदालतले छोडेका चन्दलाई प्रहरीले पुनः पक्राउ गरी काभ्रे लगेको हो । उनी संग गत असोज ३० गते पक्राउ परेका अन्य ३० जना अदालतको आदेशमा देशका विभिन्न अदालतबाट रिहा भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस