कोरोनाको जन्मबारे अनुसन्धान गर्ने डब्लुएचओको टोली चीनमा जाने

फिल्को मिसन

१५ असार २०७७
एजेन्सी । कोरोना भाइरसको उत्पतिको वास्तविकता पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विशेषज्ञको एक टोली चीन पठाएने भएको छ ।

डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर १ भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५ लाख भन्दा बढीको ज्यान गएको छ ।

कोरोना भाइरसको उत्पति वा त्यसको जन्मबारे खोजी गर्नका लागि डब्लुएचओको विज्ञ टोली आउँदो हप्ता चीन जाने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताए ।

विज्ञ टोलीले कोरोना भाइरसको सम्पूर्ण पक्ष पत्ता लगाउने प्रयास गर्ने र त्यसको जन्म वा उत्पति बारे पनि खोजी हुने डा. टेडरोजले बताउनु भयो । भाइरसका बारेमा सबैकुरा थाहा भएपछि मात्रै त्यसविरुद्ध सही तरिकाले लड्न सकिने अबस्था अध्ययनबाट थाहा हुने भएको छ ।
अहिलेसम्म कोरोना भाइरस वुहानको मासु बजारबाट फैलिएको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस