पर्यटनमन्त्री भट्टराईको छड्के, मन्त्रालयमै कर्मचारी अनुपस्थिति

१६ गते असार २०७७
काठमाण्डौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार आफू मातहत मन्त्रालयका शाँखाहरुमा छड्के निरीक्षण गरेका छन्।
निरीक्षणको क्रममा केही शाखाका कर्मचारीहरुको अनुपस्थिति देखेपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिह तामाङलाई जवाफ मागेका छन ।
मन्त्री भट्टराईले कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन र कार्यालयको सरसफाइ ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरेका छन्।