प्रधानमन्त्री वलीको अभिव्यक्तिप्रति प्रचण्डसहितका नेताको जवाफ माग

फिल्को मिसन

१६गते असार २०७७
काठमाडौँ ।भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ मागेको हुन् ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।
ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस