नागरिकता विधेयक विरुद्ध जसपा हुम्लाबाट सिडियोमार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र

फिल्को मिसन

१६ गते असार २०७७
हुम्ला । नागरिकता विधेयकको विरुद्ध जनता समाजवादी पार्टी हुम्लाले ज्ञापनपत्र सिडियोमार्फत प्रधामन्त्रीलाई ध्यानकर्षण गराएका छन ।
संसदको विधायन समितिबाट नागरिकता विधेयक २०७७ लाई बहुमतले पारिद गरेको थियो । नागरिकता विधेयक संसदमा पेश भएको बिरोध स्वरुपमा हुम्ला पाटीले प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर बिरोध जनाएको छ।

जसपा पार्टीले ज्ञापन पत्रमा विश्व एक मुठ्ठीमा रहेका बेला अन्तरदेसीय बिबाह सामान्य रुपमा लिन थालिएको बेला त्यसलाई अंकुश लगाउने किसिमले सरकारले संसदम पेश गरेको बिधेयकले फिर्ता लिन माग गरिएको छ।पौराणीक कालदेखि नै छिकेमी राष्ट्रसंग बिबाह चली रहेका बेला अहिले यसलाई हटाउन खोज्नु न्याय संगत नभएको जसपा जिल्ला अध्यक्ष धर्मराज बोहराले बताए ।

नागरिकता सम्बन्धि अहिले ल्याउन लागिएको बिधेयक संविधानको मर्म बिरोधी रहेकोले त्यसलाई सच्याएर अगाडी बढ्न सरकारलाई आग्रह गर्नु भयो ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गिरीले यसलाई माथिल्लो निकायमा पेश गर्ने बताए । कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य बिरजंग शाही लगाईत कार्यकर्ताको सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस