सर्केगाढ गाउँपालिको आ.वा २०७७ /०७८ को बजेट करिब ३९ करोड बजेट प्रस्तुत

१६ असार २०७७
हुम्ला । हुम्लाको सर्केगाढ गाउँपालिका आर्थिक बर्ष २०७७ /०७८ का लागि जम्मा ३९ करोड ११ लाख ४४ हजार बजेट सार्वजनिक गरेको छ । सर्केगाढ गाउँपालिकाले आर्थिक ,सामाजिक , पूर्वाधार ,वातावरण तथा विपद् व्यवस्थापनतर्फ र सुशासन तथा संगठनतर्फ विनियोजन गरिएको सर्केगाढ गाउँपालिका कार्यकारी अधिकुत रुद्ध बहादुर शाहीले जानकारी दिनु भयो ।गापाले चालु खर्च ३१ करोड ३९ लाखा ५८हजार ८ सय ४०रुपायाँ र पुजीगत खर्च ७ करोड ६१ लाख ८६ हजार रकम विनियोजित गरेको छ । त्यसै गरि शिक्षा ९करोड ३१लाख स्वास्थ्य ४करोड,कुषिमा ५३ लाख,पुश ४५ लाख,कोरोना नियन्त्रमा ५० लाख,पुर्वाधार ४५ लाख ९८हजार,सडक २करोड १५ लाख खानेपाली २करोड ६३लाख ५३ हजार र जलबायुपरिर्वतन १करोड ४४लाख विनियोजन गरिएको छ ।
गैरसकारी संस्थाहरुबाट किर्र्डाक नेपाल सामुलायिक विकास परियोजन २५ लाख ७३ हजार ८ सय १४रुपायाँ र सार्मथ्य परियोजना ५३लाख १४ हजार सर्केगाढ गाँपालिकको लागि लक्षित गरीएको छ । त्यसै गरि महिला कल्यर्ण सेवा महिला रुपान्तरित परियोजना ११लाख ४४ हजार ९ सय ५५ रुपायाँ विनीयोजीत गरिएको छ ।
गाउँपालिका अध्यक्षय कृष्णा रोकायाको अध्यक्षयतामा र उपाधयक्ष जोशी धामीद्धा।ा गाउँपालिकाको बजेट प्रस्तुत गरिएका कार्यकारी अधिकुत शाहीले बताए । नीतिगत व्यवस्था अुसार आगामी आर्थिक वर्षका लागि आर्थिक बर्ष २०७७ /०७८ सालको बजेट सार्वजनिक गरीएको छ ।