पार्टीभित्र घेराबन्दीमा ओली, घेराबन्दी तोड्न आन्तरिक परामर्श

फिल्को मिसन

१७ असार २०७७
काठमाडौँ ।  पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शार्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेताहरुसंग परामर्श थालेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका नेताहरुसँग बुधबार बिहानैदेखि छलफल थालेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रीहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल तथा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङसहितसँग ओलीले छलफल गरिरहेका छन् ।
क्याबिनेट बैठक नभए पनि प्रधानमन्त्रीले मन्त्री तथा पार्टीका नेताहरुसँग छलफल गरिरहेको प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
यसबारे प्रधानमन्त्री ओली स्वयं आफ्ना निकटस्थहरुसँग परामर्श थालेका छन् । बाह्यशक्ति देखि पार्टीभित्रको आन्तरिक शक्तिले एकसाथ घेराबन्दीमा पारेको भन्दै भन्दै प्रधानमन्त्री ओलीले घेराबन्दी तोड्ने योजनासहित आन्तरिक परामर्श थालेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।
सरकार गठन भएको दुई वर्ष पुरा भएदेखि नै सरकार ढाल्ने खेलहरु सुरु भएको प्रधानमन्त्री ओलीको बुझाइ छ । लकडाउन अगाडि र लकडाउन अवधिमा सरकार पनि सरकार ढाल्ने खेल चलेपनि त्यसलाई विफल बनाउन सफल भएका प्रधानमन्त्री ओलीले असफल बनाएका छन ।
ओलीलाई घेराबन्दीमा पार्न अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पेचिलो बनाइएको छ । उनीविरुद्ध नेकपाका स्थायी कमिटिका पाँचजना स्पष्ट रुपमा एकजुट भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एमसीसीका नाममा ओलीविरुद्ध एकजुट भएका छन् ।

प्रतिक्रिया दिनुहोस