माथिआदेश नमानेको भन्दै सेनाका रथी र मेजरलाई बर्खास्त

फिल्को मिसन

१७ असार२०७७
काठमाडौं। नेपाली सेनाको सैन्य अदालतले अनुशासनविपरित काम गरेको ठहर गर्दै सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ।
समरी जनरल सैनिक अदालतको बुधबार बसेको बैठकले अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो।
माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको आरोपमा उनिहरु दुवै जना दोषी ठहर भएको नेपाली सेनाद्धारा बुधबार जारि विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस