तातेको तेलको राँकोले बालकको अनुहार जल्यो

१७ असार २०७७
सिमकोट। तरकारी भुट्ने क्रममा तातेको तेलको राँकोले एकजना बालकको अनुहार जलाएको छ।भान्सामा प्याज कराईमा राखेर भुटिरहेको बेला खारिएको तेलमा तरकारी राख्दा राँको आएर पुरैअनुहार र आँखा जलाएको छ ।
खार्पुनाथ गाउँपालिका ४ छिप्रा गाउँका १३ वर्षयी सुरेश रावलले तरकारी भुट्ने बेला तातेको तेलको राँको आएर अनुहार जलाएको पिडितका बुवा गोपाल रावलले जानकारी दिनु भयो ।
तातेको तेलले पुरै अनुहार जलाएको छ भने तेलको छिटोले दुबै आँखमा असार गरेको छ ।जिला अस्पतालमा उपचार भैरहेको छ भने विरामी जिल्ला बाहिर रिफर गर्नु पर्ने आँखा अस्पताल प्रमुख बुम बोहराले बताउनु भएको छ ।