संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

फिल्को मिसन

१८ असार २०७७, बिहीबार
काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसद् अधिवेशन आजै बेलुका ५ बजेदेखि अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक अन्त्य गर्नुहुनेभएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस