एमसीसी संकटमा,असार १६ गतेभित्र पारित गर्नुपर्ने डेटलाइन

फिल्को मिसन

१८ असार २०७७, बिहीबार

काठमाण्डौं।संघीय संसद्को वर्षे अधिवेशन सकिए लगतै अमेरिकन मिलिनियम च्यालेन्ज (एमसीसी) संकटमा परेको छ ।
नेपालमा एमसीसी कार्यक्रम सञ्चालन गर्न संघीय संसद्ले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । एमसीसी कार्यक्रमको अनुमोदन बिनै संसद् अधिवेशन सकिएपछि एमसीसी संकटमा परेको छ । कोरोना भाइरसका कारण पनि एमसीसी कार्यान्वयनको डेडलाइन केही समय पर सरको छ ।
असार १६ गतेभित्र पारित गर्नुपर्ने डेटलाइन भए पनि संसद्को बैठक असार १७ मा बोलाएपछि एमसीसी अनुमोदन अब संकटमा परेको उच्चअधिकारीले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकबाट एमसीसी अनुमोदनको पक्षमा भएपनि कतिपय नेता यसको विपक्षमा छन् । एमसीसी अन्तर्गत नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान आउने छ । जुन प्रशारण लाइन र सडकको स्तरोन्नतीका लागि खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस