लकडाउनमा कर्णाली प्रदेशमा ९१ जनाले गरे आत्महत्या गरे

फिल्को मिसन

१८ असार २०७७, बिहीबार
सुर्खेत । लकडाउनको अवधिमा भरि कर्णाली प्रदेशमा आत्महत्या गर्ने संख्या बढेको छ ।
सरकारले कोरोनाको कारण चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि अहिले सम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९१जनाले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतका ३८ जना, दैलेखका १५ जना, रुकुमका १० जना, सल्यानका २४ जना, जुम्लाका ३ जना र डोल्पाका २ जनाले आत्महत्या गरेका तथ्याङ्गमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जाजरकोट, कालिकोट हुम्ला र मुगुमा भने आत्महत्याका घटना नभएको बताएका छन ।
गत बर्ष २०७६ साउन १ गते देखि चैत १० गतेसम्म कर्णालीका ८ जिल्लाका १ सय ५९ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयले साउनदेखि राखेको तथ्याङ्कमा सुर्खेतका ७८ जना, दैलेखका १९ जना, जाजरकोट र जुम्लाका ६–६ जना, रुकुमपश्चिमका ११ जना, सल्यानका ३३ जना, हुम्लाका २ जना र कालिकोटका ४ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्क हेर्दा सबैभन्दा बढी सुर्खेतमा आत्महत्याका घटना हुने गरेका छन् । चैत १० गतेसम्म डोल्पा र मुगुमा आत्महत्या गर्ने मानिसको संख्या शून्य छ । मानसिकरुपमा चिन्ता, गरिबी, अशिक्षा, घरेलुहिंसा, दीर्घरोग लाग्नु, पारिवारिक झगडा, काममा सफलता नपाउनु जस्ता कारणले आत्महत्याका घटना हुने गरेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस