हुम्लामा पहिलो पटक खार्पुनाथ गापाले बनायो पञ्चवर्षीय आवधिक योजना

फिल्को मिसन

१८ असार २०७७, बिहीबार
हुम्ला । हुम्लामा पहिलो पटक खार्पुनाथ गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन्।
उनका अनुसार आवधिक योजनामा आर्थिक विकास क्षेत्रका योजना, सामाजिक क्षेत्रका योजनासँगै भौतिक पूर्वाधार, सुशासनलगायत समेटिएका छन्। पञ्चवर्षीय योजना तर्जुमा गर्दा नेपालको संविधान, विद्यमान ऐन, नीति नियम र दिगो विकासका लक्ष्यलगायतलाई समेत आधारका रुपमा लिइएको छ।
आवधिक योजनामा कृषि, पशुपालन, समावेशी शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य सरसफाइ, पोषण, खाद्य सुरक्षा, आन्तरिक राजश्व वृद्धि, पर्यटन प्रवद्र्धन, घरबास, समावेशी विकास, सूचना प्रविधि तथा सञ्चार, यातायात व्यवस्थापन तथा सडक सञ्जाल स्तरोन्नतिकरण, शुद्ध पेयजल, ऊर्जालगायतका कार्यलाई विकास प्राथमिकताका क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष कर्ण रावले बताए ।
उनका अनुसार नदी नियन्त्रण तथा उपयोग, भूमि व्यवस्थापनसँगै दलित बस्ती, नदी विस्थापित र आरक्ष विस्थापितको व्यवस्थापन तथा संस्कृति जगेर्ना , उद्योग व्यवसाय तथा बजार व्यवस्थापन, पर्यटन, बैंक तथा वित्तिय संस्था आर्थिक विकास, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैंगिक समानता र सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, कला, संस्कृति, जलाधार तथा भुमि संरक्षण, जलवायू अनुकुल पर्र्यावरणिय स्वच्छता, सुशासन तथा क्षमता विकास ऐन, कानुन नियम तथा कार्यविधि, संस्थागत तथा मानव संसाधन विकास, सञ्चार, र अन्य क्षेत्रका लगायताको लक्षित योजाना बनेको बताउनु भयो ।
वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको अवस्था सुनिश्चित गर्ने उद्देश्यका साथ आवधिक योजना निर्माण गरिएको छ।

उपलब्ध स्रोत र आवश्यक स्रोतको विश्लेषण गरी आन्तरिक तथा बाह्य स्रोत व्यवस्थापनमा सहजीकरण गर्ने, विकास साझेदार तथा निजी क्षेत्रको लगानी र स्रोत परिचालन गर्ने आधार दस्तावेजको रुपमा पञ्चवर्षीय योजनालाई अघि सारिएको गाउँपालिका उपाध्यक्ष रुपा शाहीले बताउनु भयो । पञ्चवर्षीय आवधिक योजनाले आव २०७÷०७७ देखि २०८०/०८१को ५आर्थिक बर्ष लाई समेट्ीएको छ ।

प्रतिक्रिया दिनुहोस