हुम्लामा खुकुरी प्रहार हुँदा एक जना महिला घाईते

फिल्को मिसन

१८ असार २०७७, बुधबार
हुम्ला। खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट एक जना महिला घाईते गम्भीर घाईते भएकी छन् ।
घाइते हुने महिलामा सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ साँया गाउँकी ४५ वर्षया महिला हजारी थापएको नैन थापाले बताएको छन ।
खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही गाउँका
पिडित थापाको टाउकोमा खुकुरी प्रहार गरि गम्भीर घाईते भएको पिडितका छोरा दन्त साउदले बताए । खेतमा काम गरेर घर फर्किनी बेलामा सोहि गाउँका नेत्र थापाकी आमा छोरा र अन्य एक जना युवा मिलेर खुकुरी,ढुङ्गा प्रहार गरि साउदलाई घाईते बनाएको थापाले बताएका छन ।
घाईते साउदको साँया स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेका छन । खुकुरी प्रहारबाट घाईते साउदले दुई पटक बान्ता समेत गरेको पिडीतका छोरा साउदले जनाकारी दिएका छन ।
बिबादमा संलग्न महिला झला थापा पनि सामान्य घाईते भएको र सर्केगा स्वास्थ्य चौकीमा उपचार भइरहेकोे साउदले बताए ।
यस अघि पनि पटक पटक एउटै खानेपानीको धारो भएकोले विवाद हुँदै आएको स्थानीयवान्दा थापाले बताए ।
घाईते साउदको साँया स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेका छन । खुकुरी प्रहारबाट घाईते साउदले दुई पटक बान्ता समेत गरेको उनका छोराले बताए । बिबादमा संलग्न महिला झला थापा पनि घाईते भएर स्वास्थ्य चौकीमा उपचार गरी रहेको र उनको अबस्था सामान्य रहेको साउदले बताए ।
त्यहाँका स्थानीय प्रत्येक्ष दर्शीहरु भने झगडा हुँदा पिडकको हातमा बन्चरोको बिड देखिएको तर घटना कसरी किन भएको थाहा नपाएको बताएका छन् ।
खुकुरी प्रहार गर्ने थापा सहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिए । घाईतेको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि लैजाने व्यवस्थाका लागि गृह मन्त्रालयमा लेखी पठाएको भोली उद्धार हुने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए ।थप अनुसन्धान र मुद्धा दर्ताका लागि उनीहरुलाई जिल्लामा ल्याउने तयारी भई रहेको छ । घटना स्थल सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।

प्रतिक्रिया दिनुहोस