सिमकोट गाउँपालिकाले एकरुपता नदेखाएको भन्दै युवाद्धारा आन्दोलन

फिल्को मिसन

१७ असार २०७७, बुधबार
हुम्ला । हुम्लाकोे सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा १ देखि ८ सम्मका क्वारेन्टाइनमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै युवाहरुले आन्दोलन गरेका छन ।

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड १९ ले देशलाई आक्रान्त पारीरहेको समयमा जिल्ला बाहिर रहेका सिमकोट गाउँपालिकाका बासिन्दाहरु घर पुगेका छन ।
स्थानीय बासिन्दाहरु घर पुगे सँगै सम्बन्धित वडा कार्यालय र गाउँपालिकाले व्यवस्थापन गर्न नसेको भन्दै आज १ एक देखि ८ सम्मका युवाहरुले सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा लाई माग सम्बोधन गर्न भन्दै साँझा विज्ञप्ती निकालेर पेश गरेका छन् ।

१४ दिन क्वारेन्टाइनमा बस्दाको समयमा वडा कार्यालय र सिमकोट गाउँपालिकाले व्यवस्थापन गर्न नसक्दा बारम्बार सम्बन्धित निकाय र जनप्रतिनिधिलाई ध्यानआकर्षण गराएको छ ।
गाउँपालिकाले पहिलो पटक जिल्ला भित्रीएका आफ्ना नागरीकलाई १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई दिनको ५ सयका दरले ७ हजार दिएको हो । भने पछिल्लो यस पालिकामा ठुलो संख्यामा भित्रीएका नागरीकलाई खाना खर्च वापतको रकम दिन नसकेपछि पछि ८ ५८ जनालाई प्रतिव्यक्ति १० केजी चामल, ५ केजी दाल,नुन र तेल दिने गाउँकार्यपालिकाले निर्णय गरेपछि यि खाद्ययन्न सामग्री वितरण गर्दा क्वारेन्टाईन बसेका नागरीकहरुले एकरुपता नदेखाएको भन्दै विरोध जनाएका हुन् ।

आर्थिक पारदर्शिरुपमा एक रुपता नभएको भन्दै सार्वजनीक गर्न माग गरेपछि सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले भने प्रदेश सरकारले पठाएको १५ लाख बजेट पहिलो पटक यस गाउँपालिकामा भित्रीएका २ सय ५६ जनाको खाना खर्चमा सकिएको छ । यस्तै सम्झौत ागर्न बाँकी रहेका करिब आठ वटा योजनाको रकमबाट दश लाखको आईसोलेसनमा खर्च, ६ लाख पिसिआर मेसिनमा, र साठे आठ लाख सावुनमा खर्च भभएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस