नेविसङ्घको दुई पक्षबीच समस्याको समाधान निकालिने देउवाको भनाई

फिल्को मिसन

असार १९, २०७७ शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसङ्घ नेतृत्वप्रति आक्रोशित पोख्नु भएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै बताउनु भयो ।
भाषण गरेर बस्ने प्रवृत्तिले सङ्घ कमजोर बनेको भन्दै देउवाले नेताप्रति आक्रोश व्यक्त गर्नुभयो । अहिले नेविसङ्घभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो । चार पटक प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस