नेपालमा कोरोना भाईरस बाट थप २ जनाको मृत्यु, कुल मृतक ३४ जना

फिल्को मिसन

२० असा २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उहाँका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु बताउनु भयो ।
यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धाको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ७ जना, कोशी अस्पताल विराटनगर ७, प्रादेशिक जनस्वास्थ्य ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा जना, भेरी अस्पताल नेपालगञ्जमा ७ जना र दैलेखमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले सम्म पिसिआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण प्रवक्ता डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस