पर्यटक आकर्षित गर्दै होमस्टे गेट वे कैलाश होमस्टे

संवाददाता
२०असार २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफायाँ गाउँमा स्थानीयबासिन्दाले गेट वे कैलाश होमस्टे मात्र सञ्चालन गरेको छ । हुम्लामा मानसरवर कैलाश दर्शन सहित लिमीभ्याली आउने स्वदेशी तथा विदेशी पर्यटकको लागि आकर्षणको गराएको छ ।
कर्णाली प्रेदश सरकारको प्रर्यटन मन्त्रालयद्धारा ४०लाखको लागतमा १ संग्रालय सहित होमेस्टे घरबारव्यवस्थापन सुरु गरेका हुन्। ४५ घरधुरी रहेको डाँडाफयामा ६ वटा घरमा होमस्टे सुरु गरिएको छ। गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सुरु गरिएको छ ।
कर्णाली प्रदेशले ग्रामीण पर्यटनका दृष्टिले आफ्नो प्रदेशका सयौं गाउँवस्ती प्रचुर सम्भावनाले भरिएको र ती गाउँमा आवश्यक विकास गर्दै पर्यटकीय गाउँ बनाउने तिर लागिएको कर्णाली आयोक सदस्य दीपेन्द्र रोकायाले बताए।