ओली पक्षदरका नेता काँग्रेस संग सत्ता साझेदारी

फिल्को मिसन

२१असार २०७७ आइतबार
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप बनेपछि काँग्रेससंग सत्तासाझेदारका लागि साथ मागेको छ । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आइतवार बिहानै देउवा निवास बूढानीलकण्ठ पुगेका नेम्वाङले नेकपाको राजनीतिक उग्ररुप लिएपछि काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।
पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टीमा एक पद छोड् भनेर पछि चर्किएको हो ।
काँग्रेस संसदीय दलको कार्यालयमा नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको बताएका छन । ओलीको निर्देशनअनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको भएको बताएका छन ।
काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव नेम्वाङबाट आएको जानकारी गराउँदै देउवाले यो विषयमा आफूले केही जवाफ नदिएको बताए । नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस