दुई अध्यक्षबीच खुलेर संवाद भयो,पार्टी एक भएर जान्छ – शर्मा

फिल्को मिसन

२१ असार २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भित्रको आन्तरिक विवादले शक्ति संघर्ष जटिल मोडमा पुगेको छ। आइतवार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सकारात्मक भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले जनाकारी गराएका छन ।
बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भयो तर, निर्णय हुन सकेको छैन भोलि
बिहान दुई अध्यक्षसहित बैठक बस्ने शर्माले बताए ।
’बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले खुलस्त कुरा राख्नुभएको छ । नेकपा अझै बलियो पार्टी बन्नाउने ति सहमति जुटाउने प्रयासमाल रहेको शर्माले बताउनु भयो ।
बैठकमा ओलीपक्षबाट महासचिव बिष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल सहभागी थिए। दाहालपक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र बर्षमान पुन सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस