२२ असार२०७७ सोमबार
हुम्ला । गएको चैत महिना ९ गतेमा बरामद भएको चिनियाँ रक्सी असार २२ गते सोमबार नष्ट गरेको छ ।
धारापोर चौकीबाट खटिएको प्रहरी गस्तीले अवैध रुपमा चिनिया रक्सि झिनिगिन्टी लुकिछिपी लाउँदै गर्दा तिन कार्टन बरामद गरेको थियो । सिमकोट ८वडाका स्थानीय अमरीते बुढा र मोहन बुढाको ३६ वोतल गरि १८ हजार मुल्यको बराबरको चिनिया रक्सी प्रहरीले आज नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको निर्देशन अनुसार उक्त अवैध चिनिया रक्सीलाई धारोपोरी प्रहरी चौकीका इन्र्चाज ओम बहादुर थापा, सिमकोट गाउँपालिका ७का वडाअध्यक्ष राज बहादुर शाही, वुद्धिजिवी दीपबहादर सिह,सञ्चारकर्मी तथा अन्य स्थानीयबासिन्दाको रोहवरमा नष्ट गरिएको धारापोरी प्रहरी चौकीले जानकारी दिएको छ ।
पछिल्लो समय जिल्लामा शान्ति सुरक्षालाई सबल पार्न गाउँ गाउँमा सुरक्षा निगरानी बढाएकाले अवैध कामहरूमा कमी आएको धारोपोरी प्रहरी चौकीका इन्र्चाज ओम बहादुर थापाले बताउनु भयो ।