शिक्षकलाई गोली हानी हत्या गर्ने सर्वस्वसहित जन्मकैद

फिल्को मिसन

२२ असरा २०७७ सोमबार
काठमाडौँ । बारा जिल्लाको फेटा गाउँपालिकामा ११ वर्षअघि शिक्षकलाई गोली हानी हत्या गर्ने लाई प्रहरीले सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४४ वर्षीय नन्दु बैठा रहेको प्रहरी बताएको छ ।
आरोपितमध्ये ७ वर्षअघि पक्राउ परेका सुनिल जैसवाललाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। चार वर्षअघि पक्राउ परेका विजय पटेल पुर्पक्षका लागि थुनामा छन्। रामनारायण सहनी अझै फरार छन्।
२०६६ साल बैशाख १७ गते बैठा सहित चार जनाले फेटास्थित मावीस्तरको सरकारी स्कुलका शिक्षक प्रदिपकुमार तिमल्सिनालाई गोली हानी हत्या गरेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस