कर्णाली प्रदेशमा कोराना संक्रमित संख्या १५ सय पुग्यो

२२असार २०७७ सोमबार
सिमकोट । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय जना पुग्योको छ ।
आजै जुम्लामा १ ,जाजरकोटमा ३ र सुर्खेतमा १४ जना गरी कुल १८ जना संक्रमित थपिएपछि विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय १६ जना पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा मंगल रावलले फिल्कोशिन लाई बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा परिक्षण गरिएका मध्ये १८ जनामा कोरोना संक्रमित पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा रावलले जनकारी गराउनु भयो ।
त्यस्तै बराहतालकै वडा नं. ५ मा सात जना र वडा नखुलाइएका एक जना, जाजरकोटको भेरी गनरपालिकाका तीनजना र जुम्लाको सिंजा गाउँपालिका वडा नं.६ का एक जना छन ।
संक्रमित सुर्खेतका १४ जनामध्ये भेरीगंगा नगरपालिका वडा नं. ३, ४, ११ र बराहताल गाउँपालिका वडा नं. ४, ७ र १० मा एकएक छन्।
सोमवार नै सुर्खेतको पञ्चपुरीबाट सात जना, गुर्भाकोटबाट पाँचजना, प्रदेश अस्पतालबाट तीन जना र जाजरकोटको बारेकोट आइसोलेसन सेन्टरबाट एक जना गरी कुल १६ जना संक्रमणमुक्त भएका छन्।
यो सँगै कर्णालीमा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या १ हजार २सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।