२३ असार २०७७ मंगलबार
काठमाडौ। नेपालमा कोरोना संक्रमणको संख्या १६ हजार १ सय ६८ पुगेको छ । मंगलबार मात्रै २ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने कोरोना संक्रमणमुक्तको संख्या ७ हजार ४ सय ९९ रहेो छ। मंगलबार मात्रै कोरोनालाई जितेर ६ सय ८८ जना घर फर्किएका छन्।
यस्तै ४ जिल्ला कोरोना मुक्त छ भने ७३ जिल्लामा कोरोना भाइरस ९कोभिड १९०ले आफ्नो कब्जा जमाएको छ। यस्तै काठमाडौ उपत्यकामा मंगलबार भने १६ हजार १ सय ६८ पुगेको छ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, सुनसरीका ३, मोरङका ६, सप्तरीका ४, महोत्तरीका ९, अछामका ११, बैतडीका ११, डोटीका ७, गोरखाका ३, सिन्धुलीका १, मकवानपुरका ३, बाजुराका ५४, सिन्धुपाल्चोकका १, धादिङका १, भक्तपुरका ४, कास्कीका १, काठमाडौँका १४, ललितपुरका १०, लमजुङका १, नुवाकोटका १, पर्साका १, रामेछापका १ र रुपन्देहीका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सर्लाहीका ३, तनहुँका २, बागलुङका १, अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, दाङका ३, रुकुमका ६, बर्दियाका २, सल्यानका ५, सुर्खेतका ८, डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।