२४असार २०७७ बुधबार
जिल्ला समन्वय समिति हुम्लाले साता वटा गाउँपालिका मध्ये तिन वटा गाउँपालि अनुउपस्थितमा तेस्रो परिषद सम्म गरेका छन । गाउँपालिकाहरूले कसैले पनि नीति तथा बजेट कार्यक्रमनै प्रस्तुत गरेका छैनन् भने कसैले खाम बन्दीबाटै अघुरो कार्यक्रम पठाएको जिल्ला समन्य समितीका प्रवक्ता जिवन रावले बताए ।
सिमकोट गाउँपालिका,नाम्खा गाउँपालिका,सर्केगाढ गाउँपालिकाले अधुरो कार्याक्रम प्रस्तुत गरेका छन भने खार्पुनाथ गाउँपालिकाले स्वयम गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल मार्फत कार्याक्रम खामबन्धीमा पठाएको स्वीकार गरेका छन । अदानचुली, चंखेली र ताजाकोट गाउँपालिकाले परिषदमा सहभागि नभएको जिल्ला समन्य समितीका प्रवक्ता रावले बताए ।
जिल्ला सभा लगतै बसेको जिल्ला समन्वय समिति हुम्लाको परिषदमा सहभागि नहुने र नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने हुम्लाका तीन गाउँपालिका अदानचुली, चंखेली र ताँजाकोटलाई कारणसहित उपस्थित हुन पुन पत्र पठाएको जिल्ला समन्वय समिति हुम्लाका निमित्त प्रशासकीय अधिकृत भीमबहादुर रोकायाले बताए ।
अधिकास बोल्न बक्ताहरुले सातैवटा गाउँपालिकामा जिल्ला समन्वय समितिले अनुगमन नगरेको आरापो लगाए ।
सभाबाट उठेका प्रश्नाहरुको जवाफ दिदै समन्वय प्रमुख दान बहादुर रावतले सदस्यहरुले उठाएका कुरा सही भएको र कार्यबिधिको अभाबले समन्वय समिति संचालन गर्न नसकिएको बताउनु भयो ।