सडक विस्तारका क्रममा डोजर हुम्ला चालक कुटिए

फिल्को मिसन

२४ असार २०७७,बुधाबार
हुम्ला । राष्ट्रिय गौरभको अयोजर्ना कर्णाली करिडोर’ सिमकोट खार्पु सडकखण्ड विस्तारको क्रममा एक हुल आएर डोजर चालकमाथि निर्घात कुटपिट गरेका छन्। सडक विस्तारको काम भइरहेको बेला सिमकोट सडकखण्ड खन्र्नेक्रमा बुधबार विहान डोजर चालकमाथि अज्ञात समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त समूहको आक्रमणमा परी चालक धादिङ्ग जिल्ला माजिष्टा गाउँपालिका १०का २१ बर्षिय राजेश चेपाङ्ग र हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ रिप गाउँका २३बर्षिय बिमल महतारा घाइते भएको जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारी चिरन्जीवी अधिकारीले बताउनु भएको छ ।

सडक विस्तार भईरहेको अवस्थामा काममा खटिएका चालकमाथि आक्रमण हुँदा चालक घाइते भएका छन्। चालकलाई उपचारका लागि अस्पताल पठाईएको छ।
सिमकोट खार्पु सडकखण्ड विस्तारको क्रममा स्थानीयबासिन्दाले दुबै चालक माथि आक्रमण भएको थियो। सिमकोट गाउँपालिका ५वडाका स्थानीय बासिन्दाहरुले आफनो खेतबारीमा सडक विस्तार गरेपछि मुअब्जा दिनु पर्ने माग राखेका छन । कतिपय बासिन्दाहरुको उब्जानी हुने खेतबारीमा सडक विस्तार गरेपछि आक्रोश पोखेका छन।

प्रतिक्रिया दिनुहोस