पहिरो जाँदा बिधुत सेवा बन्द

२८आषाढ २०७७
हुम्ला ।। अविरल वर्षाका कारण खोलामा आएको बाढीका कारण विद्युत् उत्पादन बन्द भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानी गाउँमा अविरल वर्षाले पहिरो जाँदा पावर हाउसमा जडान गरिएका २ वटा पेनस्टिक पाईप बगाउदा बिधुत सेवा अबरुद्ध भएको हो । एकसता देखि लगातारको वर्षाले खोलामा पानीको वहाव वढ्न गइ विधुतका पाईप,पोल, तातोपानि कुण्डहरु पहिरोले पुरीएकोे स्थानियवासी नन्दबहादुर फडेराले जानकारी दिनुभयो ।
भारी वर्षाले हुम्लाको उनपानी गाउँको प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ ।
सुक्रबार राती परेको अविरल वर्षाले सर्केगाड गाउँ पालिका ३ को उनपाली गाउँमा धर्मशालाको लागी निर्माण गरिएको सौचालय पनि वगाएको स्थानिय फडेराले बताए । पहिरोले तिनवटा घट्ट पनि बगाएको छ भने धानरोपेको खेत पनि बगाएको फडेराले बताउनु भयो ।