जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान

फिल्को मिसन

२२असार २०७७ सोमबार
हुम्ला । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ ।
कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र फार्मेसी लगातका कोठाहरुमा सिसिटिभि जडान भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय पहलमा१ लाख १० हजार रुपैयाँको लागतमा ८ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय बताएको छ ।
कार्यालयमा सिसिटिभि जडान गर्नको मख्य उदेश्य बाहिरबाट आएका मानिसहरुले कार्यालयमा रहेका स्वास्थ्य सामग्री, औषधि, चोरी र अज्ञात समुहद्धारा तोडफोडबाट जोगाउनका लागि यो कार्य भई रहेको जनाएको छ । यतिखेर जडान कार्य भने रोकिएको अधिकारी फडेराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस