सोमबार,२९ असोज २०७५
हुम्ला । हुम्ला जिल्ला सिमकोट गाउँपालिका १दोजाममा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ५१ कार्टुन चिनियाँ मदिरा आज बरामद गरेको छ ।
चीनसँग जोडिएका नाकाबाट चिनियाँ मदिरा जिल्लामा भित्रिएको खबर आउन थालेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनसँग जोडिएका नाकालाई सुरक्षामा थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले बताउनुभयो ।
चीनबाट जिल्लामा भित्रिने चिनियाँ मदिरामा कडाइ गरिए पनि हुम्लाका विभिन्न चोर नाकाबाट झिँनी आउने गरेको र यसलाई विस्तारै नियन्त्रणमा लिइएको हो । चिनिया मदिरा नियनत्रणमा लिएको भएता पनि कति कार्टुन रहेको छ भन्ने एकिन हुन नसकेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो । अन्दाजी ५१ वटा कार्टुनमा ६सय १२ वोतलको जम्मा ३ लाख ६हजार मुल्य बराबर बममाद गरिएको दोजाम प्रहरी चौकीले जानकारी दिएको छ । अझै दोजा गाउँ देखि चिनको सिमना नेपालको ताक्कुनाक्ला सम्म चिनिय रक्सी हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन ।