हुम्ला सदरमुकाममा २ दिनदेखि विद्युत् अवरुद्ध हुँदा अन्धकार

सोमबार, २९ अषाड २०७७
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटका लागि विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनामा खरावी आएका कारण सिमकोट बजार दुई दिन देखि अन्धकारमय बनेको छ ।
असार २७ गतेदेखि अवरुद्ध भएको विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन। आयोजनाको पावरहाउसको खराबी आएको भन्दै २ दिन सम्म सदरमुुकाम सिमकोट अन्धकार बनेको छ। विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाममा हुने सरकारी कामजकाज पनि प्रभावित बनेको छ।
विद्युत् अवरुद्ध भएपछि सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक्स व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ। स्थानीय एफएम रेडियो पनि प्रभावित भएका छन्। विद्युत् अवरुद्ध हुँदा आम उपभोक्ताका साथै व्यवसाय र सञ्चारमाध्यम बढी प्रभावित हुन पुगेको रेडियो कर्णाली आवजका स्टेशन मेनेजर नवराज महताराले बताए।
पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने भनेर निर्माण गरिएको आयोजनाले अहिलेसम्म पूर्ण क्षमताको विद्युत् उत्पादन गर्न सकेको छैन। दुुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्ने मेसिन कामै नगरी मर्मत गर्नुपर्ने अवस्थामा पुुगेको स्थानीयले जनाएका छन्। आयोजनाले सेवा दिइरहेको सिमकोट र खापुनार्थ गाउँपालिकामा २ मेगावाट विद्युतको माग रहेको छ ।
आइतबार विहान देखि हेल्दुम साना जलविदुत प्राधिकरणमा खरावी आएका कारण सिमकोट बजार दुई दिन देखि अन्धकारमय बनेको छ । यसले गर्दा जिल्लामा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयलाई समस्या बनाएको छ भने जिललाका दुई वटा सामुदायिक रेडियोमध्ये रेडियो कर्णाली आवजले आफनो प्रशारण बन्द गर्नुपरेको स्टेशनमेनेजर मताराले बताए ।
विद्युत मर्मतका लागी प्राधिकरणका प्राविधिक टोली पावर हाउसमा पुगेको भएता पनि मर्मत हुन नसकेको हो । पावर हाउसमा रहेको विद्युत उत्पादन गर्ने मुख्य जेनेटरले काम नर्गदा आइतबार विहान ११ बजेबाट विदुत अवरुद्ध भएको प्राविधिकरण श्रोतले जानकारी दिएको छ ।