कर्णाली प्रदेशका सांसदमा पनि देखियो कोरोना संक्रमण

मगलवार, ३० असार, २०७७
सुर्खेत । कर्णाली प्रदेश सभाका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। विपक्षी दल नेपाली कांग्रेसका सांसद लाई पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले बताएको छ । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा ति नेतालाई कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
बजेट अधिवेशन देखि संदीय समिति गठनमा समेत निकै व्यस्त देखिएका प्रदेश सभा सदस्यलाई कोरोना पुष्टी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिए ।
प्रदेश सभा सदस्यमै कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका प्रदेश संसद बैठकमा उपस्थित हुने गरेपछि सबैतिर ञास छाएको छ । नेपालमा कोरोना संक्रमण भएका संम्भवत कर्णाली प्रदेश सभा सदस्य नै पहिलो उच्च पदस्थ राजनीतिज्ञ हुन् ।प्रदेश सभाका सदस्यलाई संक्रमण पुष्टि भएपछि संसद बैठक अर्कोको सुचना नआउनेबेलासम्मका लागि स्थगित गरिएको छ।