गाईको काटेको आरोपमा तीनजना पक्राउ

मंगलबार ३०अषाढ २०७७
दाङ । दाङ जिल्लाको ईलाका प्रहरी कार्यालय गढवाले गाईको बाछी काटेको आरोपमा तीनजना पक्राउ परेका छन्।६ दिनअघि गढवा गाउँपालिका वडा नं ५ रामपुरमा गाइको बाछीकाटेर मासु खाएको घटना सार्वजनिक भएपछी प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख भरतसिंह राठोरले बताए । प्रहरी र स्थानीयको टोलीले गाइको बाछी काटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ। उत्खनन् गरेर खुट्टा, छाला, पुच्छर खाडलमा फेला पारिएको हो।