चिनियाँ राजदूतको दौडधुप जारी, ओली–दाहालबीच भेटघाट

फिल्को मिसन

बुधाबार ३१असार २०७७
काठमाडौँ। नेकपा पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागि चिनियाँ राजदूतको होउ यान्छीको दौडधुप जारी रहेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा छलफल भएपनि कुनै उपलब्धिमूलक नभएको नेकपा स्रोतले जानकारी दियो। पार्टीको स्थायी समितिको बैठक रोकेर विवाद समाधानको सूत्र पहिल्याउन लगातार छलफलमा जारी रहको छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाब दिइरहेका छन्। तर ओली भने दुवै पद नछाड्ने अडान व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस