पहिरो गएपछि खर्राका २८परिवार विस्थापि

राजेन्द्र परिया

बिहिवार १ श्रावण, २०७७

हुम्ला । विहीबारको बिहान वस्तीमाथिबाट खसेको पहिरोले हुम्लाको ताँजकोट ४ खर्राको दलित बस्तीमा २८ परिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाले खर्रा को जिमकोइला खोलामा पहिरो झन् बढ्दै गएपछि सबैघरधुरीले गाउँ नै छोडोर सुरक्षित स्थानमा गएको पहिरोले स्थलबाट धनसुर दमाइले बताउनु भयो ।
लगातारको बर्षाले पहिरो खस्ने क्रम नरोकिएपछि गाउँ नै विस्थापित हुनुपरेको स्थानीय बासिन्दा दमाइले बताए ।
पहिराले २ घर बगाएका छन् भने अन्य सबै घर बगाउने अवस्था आएपछि बिहानदेखि वस्तीका सबै घर परिवारले आप्mनो घर छोडेर देउला गैरामा पाल टाँगेर बसेको बताएका छन ।
माथिबाट आएको सुख्खा पहिरोले घर झुण्डीएको अवस्थामा रहेपछि सबै घरका स्थानीयले घर खाली गरेर बारीमा सरेका तुथा परियारले बताइन् । हामीले लगाएको मकै, कोदो, धान बाली लगाएका बारी सबै पहिरोले छोपेर लगेपछि घर पहिरोमा झुण्डीका अवस्थामा रहेका परियारले जानकारी दिईन ।
पहिरोले मानविय र पशुचौपाया लाई क्षेती नभएपनि २८ घरधुरीका २सय हल जग्गा बगाएर लगेको खर्रागाउँका स्थानीय धनसुर परियारले बताउनु भयो । पहिरो गएको खबर आएको र कवाडी सिमा प्रहरी चौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाएको प्रमूख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस