देउवाविरुद्ध तीन जना नेताले दिए उजुरी

फिल्को मिसन

बिहिवार १ श्रावण, २०७७

काठमाडौँ ।नेपाली काँग्रेस पार्टीका सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका .छन । पार्टीका विभागलाई २८ बाट बढाएर ४३ पु¥याए पनि अहिलेसम्म केही मनोनयन हुन सकेको छैन भने बाँकी विभागमा देउवाले नियुक्ति प्रक्रिया अघि बढाएपछि उनी इतर समूहले आपत्ति जनाएको छ ।
बुधबार पौडेल पक्षको गुट भेलाले सभापति महाविधेशनलाई प्रभावित पार्ने काममा लागेको भन्दै त्यसका विरुद्ध आवाज उठाउने निर्णय गरेको थियो। कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय भएको छ।

प्रतिक्रिया दिनुहोस