पार्टीभित्रको विवाद नमिलेपछि ,दुवै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शीतल

फिल्को मिसन

शनिबार ३ श्रवण २०७७
काठमाडौँ । नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्टर्पतिलाई भेट्न शीतल निवास गएका छन् ।
शनिबार दिउँसो तीन बजेदेखि साझ सात बजेसम्म बसेको सचिवालय बैठकमा पनि सहमति हुन नसकेपछि अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले दुबै पदबाट राजीनामा दिन दबाब दिरहेको छ । बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस