कर्णाली राजमार्गमा पहिरो गयो, कालीकोट सडक बन्द

फिल्को मिसन

शनिबार ३ श्रवण २०७७

कालीकोट । कर्णाली राजमार्ग अन्तर्गतको कालीकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द छ ।
लगातारको वर्षापछि कालीकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात बन्द रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाल जानकारी दिएको छ ।

कालीकोटको टाकुल्ला, चौखोला लगायतका ठाउँमा गएको पहिरोले जाँदा यात्रु तथा मालवाहक गाडी रोकिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।
सडक सञ्चालनको लागि स्थानीयवासी, प्रहरी, तिलागुफा नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने गरेका छन ।
कर्णाली राजमार्गअन्र्तगत सुनारखोला, पिली, मान्मलगायतका ठाउँमा पहिरो जाँदा राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख ओलियाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस