कर्णालीमा सलह पुग्यो, सयौं रोपनीमा लगाएको बालीमा क्षति

फिल्को मिसन

आइतबार ४ साउन २०७७
सुर्खेत । सलह किराको ठुलो बथान कर्णालीका सबै जिल्लामा पुगेर मकै, धान लगायतका बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन् ।
बर्षभर खानको लागि लगाइएको खेतीहरु नष्ट गर्न थालेपछि भोकमारी निम्तिने भन्दै किसान चिन्तित भएका हुन् । सलहले सबैभन्दा धेरै क्षती दैलेख, सुर्खेत र जाजरकोटमा लगाइएको बालिमा गरेको छ ।
यो किरा नियन्त्रण गर्न नसकिए भोकमरी निम्तिन सक्ने भन्दै किसानहरुले स्थानीय र प्रदेश सरकारले ध्यान दिन आग्रह गरेका छन् । सुर्खेतको चिङ्गाड गाउँपालिकामा ठुलो क्षेत्रफलमा लगाइएको बाली सखाप बनाएको भन्दै किसानहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने किसान प्रदिप सिह रानाले बताए ।
चिङ्गाडकै अर्का कृषक ओम प्रकाश जिसीले पनि आफूले लगाएको ११ रोपनी जमिनको खेती सलहले नस्ट गरेको भन्दै ७ जनाको आफ्नो परिवारलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता थपिएको बताउनुभयो । क
ृषि प्राविधिक खेमराज बिसीका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिमा मात्र एकसय रोपनीमा रहेको मकै र धान सलहले सखाप बनाएको छ । यस्तै, दैलेखको गुराँस गाउँपालिकाका किसानहरुका समेत बालीनाली सखाब बनाएको गाउँपालिकाका शिक्षक भरत वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस