प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

आइतबार ४ साउन २०७७
प्युठान । प्युठानमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।
स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा गएराति ११ बजेतिर लु २ त ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुदा ट्र्याक्टरमा रहेका ८ जनामध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
दुर्घटनामा ज्यान गएका सबै रोल्पाको रुन्टीगढी गाउँपालिकाका हुन् । ज्यान जानेमा चालक कमल कुँवर सहित रुन्टीगढी ५ का सागर बस्नेत, रिमबहादुर बस्नेत, बीरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोवर्द्धन बुढामगर, कबिराम बस्नेत रहेका छन ।
ट्र्याक्टरमा सवार एक जना भने बाँच्न सफल भएका छन् ।