बालिकाले रोकिराखेको ट्याक्टर चलाउदा दुर्घटना

मन्दिर सिहं

शुक्रबार,९ साउन २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिको माथिल्लोबजार स्थिती विजय होटल जाने सडकमा रोकेर राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको छ ।
सडकमा रोकेर राखिएको थारमेट कम्पनीको लु.२ त ३९८५नम्बरको ट्याक्टर दुर्घटना हुदा मानविय क्षेती केही नभए पनि लामा साँस्कृतिक मञ्चमा भवन र विधुतको पोलमा ठोकिदा क्षेति पुराएको छ । सडकमै गाडी रोकेर चालक अमर सार्की खाजा खान गएको अवस्थामा उक्त घटना भएको ट्याक्टर मालिक विजय लामाले बताए । चार वर्षीया बालिका डोमाछोमु लामाको जिल्ला अस्पताल हुम्लामा उपचार भई रहेको जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी लामाले बताए ।
सडकको किनारमा राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुर्यप्रसाद सुवेदीले जानकारी जानकारी दिनुभयो । उनका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर क्षतीग्रस्त छ भने अन्य क्षतीको विवरण संकलन गर्न प्रहरी दुर्घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको छेउबाट ट्याक्टर झन्डै १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताए । सिमकोटमा ढुङ्गा,काठ,गिटी लगाएतका निर्माणका सामाग्री बोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस