काँग्रेसका जोशीसहित तीन नेता पार्टीबाट निष्काशित

फिल्को मिसन

शनिबार १० श्रवण २०७७
काठमाडौँ । नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ।
नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्ट, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल रहेको नेपाली कांग्रेस अनुशासन समितिले उनीहरुलाई पार्टीबाट निष्काशन गर्न पार्टीलाई सिफारिस गरेको थियो।
शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस