हुम्लामा गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि

फिल्को मिसन

आईतबार ११ श्रावण २०७७
हुम्ला । हुम्लामा पछिल्ला दिनहरुमा सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको छ । विभिन्न स्थानमा पछिल्लो समय कानूनले दिएको मापदण्डभित्र गर्भपतन गराउनेको संख्या बृद्धि भएको देखिएको छ । जिल्ला अस्पताल हुम्लाले सदरमुकाम सिमकोटमा रहेका औषधि पसलेहरुलाई गर्भपतनको औषधि विक्री वितरण बन्द गरेपछि जिल्ला अस्पतालमा गर्भपतन गराउन आउनेको संख्यामा बृद्धि आएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए ।
प्रजनन स्वास्थ्य सचेतनाको  अभावका कारण गर्भपतन गराउनेहरुको  संख्या वर्षेनि थपिदै  गइरहेको  छ । २०७६/७७ मा एक वर्षको  अवधिमा हुम्लामा गर्भपतन गराएका छन । जिल्ला अस्पताल हुम्लाका डाक्टर लामाले कानूनले  सुरक्षितरुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले  गर्भपतन सेवा दिइरहदा गर्भपतन परिवार नियोजनको  साधनका रुपमा प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
डाक्टर लामाका अनुसार निजी मेडिकलहरुले विगतका वर्षहरुमा विक्री गर्दै आएको गर्भपतनको औषधिले जिल्लाका महिलाले असुरक्षित तवरमा गर्भपतन गराउँदा अस्पतालमा यसको समस्या लिएर आउने संख्या बढी भएपछि जिल्लाका निजी मेडिकलहरुलाई विक्री बन्द गर्न पत्रचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस