लिमीमा सुधारिएको चुलो वितरण

फिल्को मिसन

आईतबार ११ साउन २०७७
हुम्ला । हिमाल पारि लिमी गाउमा सुधारिएको चुलो वितरण गरिएको छ । परम्परागत चुलो प्रयोग गर्दा श्वासप्रश्वास रोग बढ्दै गएको भन्दै ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाको आर्थिक सहयोगमा सुधारिएको चुलो वितरण गरेको हो ।
परम्परागत चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्य प्रति सचेत भई नाम्खा गाउपालिको वडा न ६का लिमी तिनै गाउमा २सय ३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । दाउरा लगायत अन्य इन्धनको कम खपत हुने धुवा“रहित र छिटो पकाउनका लागि पहिलो पटक घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको वडाअध्यक्ष लामाको भनाई छ ।
लिमीका तिनै वटा गाउमा तिलका ६१, हल्जीका १सय ११ र जाङका २६ गरि २सय ३ घरधुरीलाई फलामे सुधारिएको चुलो बितरण गरिएको छ । स्थानीयको जनश्रमदान गरि ३९ लाख ८० हजार ६सय ८८ रुपाय लागत लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस